८ चैत २०७९ बुधबार
दाङ – देउखुरीबाट प्रहरीले लागु औषध सहित पाँच जनालाई पक्राउ गरेको छ ।
मंगलबार राती गढवा गाउँपालिका – ४ पर्सा स्थित एक खालि घरमा राति साढे एघार बजेको समयमा ती व्यक्तिहरु लागु औसध सहित बसिरहेको भन्ने गोप्य सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा गढवा गाउँपालिका – २ महदेवा निवासी वर्ष २५ का मनोज चौधरी, वडा नम्बर ४ अजगढवा निवासी वर्ष ३५ का सद्दाम मनिहार, वडा नम्बर ४ उठैया निवासी अनिल पछाई, वडा नम्बर ४ पर्सा निवासी वर्ष २७ का प्रदीप चौधरी र घोराही उपमहानगरपालिका – १५ भरतपुर निवासी वर्ष १९ का त्रीशक्ति बर्तौला रहेका छन् ।
इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन ओलीको नेतृत्वमा गएको प्रहरी टोलीले उनीहरुलाई लागुऔषध सहितनियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजन कुमार गौतमले जानकारी दिए।
पक्राउ परेका उनीहरुको साथबाट लागु औषध जस्तो देखिने खैरो पदार्थ अन्दाजी ९ दशमलब २८ मिलि ग्राम फेला परेको प्रवक्ता गौतमको भनाई छ । पक्राउ परेका पाँचै जना विरुद्द आज मुद्दा दर्ता भई आवश्यक अनुशन्धानका लागि दाङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको प्रहरीले जनाएको छ।