९ चैत २०७९ बिहीबार
रमजान महिना ईस्लामिक महिनाको ९ औं महिना हो पवित्र धार्मिकग्रन्थ कुरानमा समेत यो महिना बारे जिकिर गरिएको छ ईस्लामको पांच आधार स्तम्भ मध्ये प्रमुख स्तम्भको रुपमा रोजालाई मानिन्छ।
मुस्लिम समुदायमा यस महिनाको निकै महत्त्व छ यस महिनामा मुस्लिम समुदायले बिहान सुर्यादय हुनुभन्दा अगाडी साझ सुर्यअस्त नहुँदा सम्म निराहार बर्त बस्ने गर्दछन रोजा बस्न योग्य भैसकेकाले रोजा बस्न बस्नुपर्ने ईस्लामिक नियम अनुसार अनिवार्य गरिएको छ।
यस पवित्र रमजान महिनामा नै कुरान अवतरण भएको ह। यस महिनामा मुस्लिम समुदायले रोजा संगै नमाज कुरान अलि बढी मात्रामा समेत पढ्ने गर्दछन यस महिनामा मुस्लिम समुदायले निकै हर्ष उल्लासका साथ् गरिब दुखि अनाथ असहाय गरिब हरु लाई सहयोग गर्ने समेत गरिन्छ यसै महिनामा मुस्लिम समुदायले आफुले कमाएको २.५ प्रतिशत रकम मदरसा तथा गरिब असहाय हरु मा दिने गर्दछन जसलाई जकात भनिन्छ।
यो महिना मानवजीवनको लागि एक आदर्शवान महिनाको रुपमा समेत लिने गरिन्।यश महिनाले मानिस लाई धैर्यवान बन्न समेत सिकाउछ।
लेखक नेपालगन्जमा रहेको एसियन फार्मेसीका फार्मेसिस्ट समेत हुन।