१२ चैत्र २०७९, आईतवार
सुर्खेत— नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले यो गठबन्धनबाट देशको भविष्य नरहेको उनको टिप्पणी गरेका छन्।आइतबार सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उपाध्यक्ष पौडेलले दश दलिय गठबन्धनले मुलुकलाई पार नलाउने बताएका हुन् ।
उनले अहिलेको विकसित घटनाक्रमले देश अस्थिरतातिर जाने निश्चित भएको समेत बताए ।
पुस १० गते नेकपा एमालेसंग सरकार निर्माणका क्रममा भएको सहमति माओवादी अध्यक्ष प्रचण्डले पालना नगरेर धोका दिएको उनले बताए ।मुलुक अहिले आर्थिक संकट तर्फ उन्मुख भइरहको बताउदै पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले यो सरकारले देशलाई समृद्धिको मार्गमा अघि बढाउन नसक्ने बताए ।