अरुणकुमार नेपाली
१२ चैत्र २०७९, आईतवार
दाङ— लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई प्रस्ताव गरिएको छ।नेकपा एमाले र राप्रपा बाहेक बनेको नयाँ गठबन्धनले चौधरीलाई मुख्यमन्त्रीको रुपमा अघि सारेको हो ।
गठबन्धनमा आवद्ध दलका ५३ प्रदेशसभा सदस्यहरूको हस्ताक्षर सहित कांग्रेस संसदीय दलका नेता चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न आग्रह गर्दै प्रदेश प्रमुख अमिक शेरचनलाई आइतबार नै ती दलका सांसदले निवेदन दिएका हुन।
काँग्रेसका २७, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा,लोसपा र जनमत पार्टीका ३र३, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १र१ सांसद तथा एक जना स्वतन्त्र सांसदले हस्ताक्षर गरि मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएको जसपाका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले जानकारी दिए।८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४४ मत आवश्यक पर्छ ।
