१५ चैत्र २०७९, बुधबार
काठमाडौं । नेकपा एकीकृत समाजवादीले तीन मन्त्रालय नपाए सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।
आज (बुधबार) बसेको सचिवालय बैठकपछि पत्रकारहरूसँग कुराकानीमा पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले तीन मन्त्रालय नपाए सरकारमा सहभागी नहुने निर्णय भएको बताएका हुन् ।
उनले भने, ‘तीन मन्त्रालय हामीलाई दिनुपर्छ। तीन मन्त्रालय नपाएसम्म हामी मन्त्रीको नाम प्रधानमन्त्रीलाई पठाउँदैनौं । हामीले धेरै त्याग गरेका छौं।’