३ बैशाख २०८०, आईतवार
काठमाडौं — नेपालमा कोरोनाका कारण दुई जनाको मृत्यु भएको छ ।
मृतकहरूमध्ये एक जना चितवनका पुरुष र अर्की कैलालीकी महिला रहेका हुन् । सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा आइतबार बिहान एक महिलाको कोरानाबाट मृत्युभएको छ।
भिमदत्त नगरपालिकाकी ७३ वर्षीय वृद्धाको उपचारका क्रममा आइतबार बिहान निधन भएको अस्पतालले जनाएको हो । मुुटु सम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएकी वृद्धामा गत चैत २१ गते कोरोना संक्रमण पुष्टि भएको र उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
त्यस्तै, चितवन मेडिकल कलेजमा उपचार गराइरहेका भरतपुर महानगरपालिका १० का ६४ वर्षीय पुरुषको उपचारका क्रममा शनिबार मृत्यु भएको अस्पतालले जनाएको छ । चितवनमा गत साउन यता कोरोनाबाट पहिलो पटक मृत्यु भएको हो ।