९ बैशाख २०८०
दाङमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ परेका छन् । श्रीमतिको हत्या पश्चात फरार रहेका ४१ वर्षीय श्रीमान मेघराज केसीलाई शुक्रबार राती घोराही उपमहानगरपालिका—३ गोग्लीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी वीरबहादुर वलीले जानकारी दिए।
घोराही उपमहानगरपालिका —१२ रतनपुर निवासी केसीले बैशाख १ गते राती साढे ९ बजे चिरपटले हानेर ४० वर्षीय श्रीमती शारदा केसीको हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन् ।शारदाको शव केही दिन अघि मलको खाल्डोमा गाडिएको अवस्थामा फेला परेको थियो ।