९बैशाख २०८०
विराटनगर— विराटनगरमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडप भएको छ।पहिचानको आधारमा प्रदेशको पुनः नामकरण माग गर्दै आन्दोलन गर्दै आईरहेका समूह र प्रहरी बीच झडप भएको हो ।
कोशी नाम खारेजको माग गर्दै आन्दोलन गर्ने क्रममा घाइते भएर ज्यान गुमाएका पदम लिम्बू लाजेहाङको शव प्रदर्शन गर्ने क्रममा विराटनगरको रोडशेषमा झडप भएको हो।
आन्दोलन पक्षधरले कोशी नाम खारेजको माग गर्दै गत चैत ५ गते विराटनगरमा प्रदर्शन गर्ने क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा लाजेहाङ घाइते भएका थिए। घाइते भएका लाजेहाङको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा १० गते मृत्यु भएको थियो।