९ बैशाख २०८०, शनिबार
दार्चुला—दार्चुलास्थित महाकाली नदीमा तुइनबाट खसेर एक जना पुरुष बेपत्ता भएका छन्। शनिबार साढे १ बजेको समयमा तुइनबाट खसेर व्याँस गाउँपालिका २ तल्लो दुम्लिङका ४४ वर्षीय सिङ्दलसिंह भण्डारी बेपत्ता भएका हुन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) श्याम चौधरीले दिउँसो साढे १ बजेतिर भण्डारी तुइनबाट खसेर बेपत्ता भएको सूचना आएको बताए। बेपत्ता भण्डारीको स्थानीय बासिन्दा र प्रहरीले खोजी कार्य सुरु गरेका छन् ।
भण्डारी नेपालबाट भारत जाने क्रममा तल्लो दुम्लिङस्थित तुइन घाटबाट खसेर बेपत्ता भएको बताइएको छ।