९ बैशाख २०८९ शनिबार
काठमाडौं —केही दिन अघि नेकपा एकिकृत समाजवादी परित्याग गरेका नेता मुकुन्द न्यौपाने नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिबार च्यासलमा आयोजित कार्यक्रममार्फत नेता न्यौपाने सहित ३० जनाको टोली एमालेमा प्रवेश गरेको हो।न्यौपाने सहितका नेता तथा कार्यकर्ताहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका थिए।
उक्त कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादी पार्टी नै नभएको टिप्पणी गरे।ओली एकीकृत समाजवादी पार्टीसंग कुनै विचार र सिद्धान्त नै नभएको बताए ।पार्टी प्रवेश कार्यक्रममा बोल्दै न्यौपानेले एकीकृत समाजवादी पार्टी काम नलाग्ने बताए ।उनले एमालेको झण्डा मुनी आउन एकीकृत समाजवादीमा रहेका सबै नेता तथा कार्यकर्ताहरूलाई आह्वान गरेका छन्।