११ बैशाख २०८०, सोमबार
काठमाडौँ । तनहुँ– १ को उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्ले दोब्बर मतान्तरले अग्रस्थानमै छन् ।
पछिल्लो अपडेट अनुसार वाग्लेले २० हजार २५९ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोविन्द भट्टराईले ५ हजार ३ मत ल्याएका छन् । यसैगरी एमालेका सर्वेन्द्र खनालले २ हजार ७९७ मत ल्याएका छन् ।
अहिलेसम्म ९ वडाको मतगणना सकिएको छ । सत्ता गठबन्धनकै गढ मानिएका अधिकांश वडामा पनि वाग्लेले नै बढी मत पाएको देखिएको छ ।