
११ बैशाख २०८०, सोमबार
काठमाडौं । तनहुँ १ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार स्वर्णिम वाग्लेले १५ हजार मत कटाएका छन् । वाग्लेले १५ हजार १३५ मत ल्याउँदा उनका निकटतम् प्रतिद्धन्द्धी गोबिन्द भट्टराईले ८ हजार ७३४ मत पाएका छन् ।

यस्तै, नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ५ हजार मत पाएका छन् । मतगणनाको सुरुवाती चरणदेखि नै वाग्लेले अग्रता कायम राखिरहेका छन् ।