११ बैशाख २०८०, सोमबार
बारा । बारा २ को उपनिर्वाचनको पछिल्लो मतपरिणाम प्राप्त भएको छ । प्राप्त मतपरिणामअनुसार जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहाले पछि पारेका छन् ।
सुरुवाती अग्रता लिइरहेका यादवलाई पछि पार्दै कुशवाहा अघि रहेका छन् । कुशवाहाले ६२८ मत पाउँदा यादवले ५७१ मत पाएका छन् ।
यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५१०, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २३६ मत र आम जनता पार्टीका अरुण ज्ञवालीले ७६ मत प्राप्त गरेका छन् ।