११ बैशाख २०८०, सोमबार
चितवन । चितवन २ को उपनिर्वाचनको पछिल्लो मतपरिणाम प्राप्त भएको छ । प्राप्त मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् ।
इच्छाकामना गाउँपालिका वडा नं १ र ३ को गणना सकिँदा रविले ११५५ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६६५ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएका छन् ।
यसअघि एमालेका न्यौपानले सुरुवाती अग्रता लिएका थिए ।