२०८० बैशाख २९ शुक्रबार
काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्ट्राचारका फाइल खोल्ने विषयमा खुट्टा नकमाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाईआग्रह गरेका छन् ।
शुक्रबार बिहान प्रधानमन्त्री निवासमा वालुवाटारमा पुगेर सभापति रविले प्रधानमन्त्रीलाई भ्रष्ट्राचारको फाइल खोल्न खुट्टा नकमाउन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन ।
पूर्वगृहमन्त्री एवं नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परे लगत्तै पनि सभापति रविले प्रधानमन्त्री र गृहमन्त्रीलाई धन्यवाद दिएका छन् ।
त्यस्तै भेटमा भ्रष्टाचारका अन्य फाइलहरु पनि खोल्न सरकारले एक्शन लिनुपर्ने सभापति लामिछानेको भनाई थियो । जसका लागि आफ्नो पार्टीले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको बताइएको छ । भेटमा प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रणमा सहयोग गर्न सभापति लामिछानेलाई आग्रह गरेका थिए।