बैशाख २९, २०८० शुक्रबार
दाङ —दाङमा बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ। दुर्घटनामा रोल्पाको रुन्टीगढी गाउँपालिका(३ का २१ वर्षीय चन्द्रबहादुर नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घोराही उपमहानगरपालिका(१४ मा रहेको आर्मी ब्यारेक नजिकै रा १ ख १२०१ नम्बरको बसले रा ३ प ४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा परि घाइते भएका नेपालीलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएकोमा उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।
बस र बस चालकलाई नियन्त्रणमा लिइएको तथा घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।