२०८० जेठ १ सोमबार
दाङ,१ जेठ ।यस अघि विनाविभागिय मन्त्री बनेका लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर मास्की लुम्बिनी प्रदेशको आर्थिक मामिला मन्त्री भएका छन। सोमबार मास्केलाई मुख्यमन्त्री डिल्ली चौधरीले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
१४ बैशाखमा काँग्रेस, माओवादी कन्द्रसहित ८ दलका समर्थनमा चौधरी मुख्यन्त्री भएसंगै तीन जना मन्त्री थपेका थिए । अन्य दुई जना विनाविभागिय मन्त्री सन्तोष कुमार पाण्डे र धर्म बहादुर चौधरीलाई भने अझै जिम्मेवारी दिइएको छैन् ।
मास्की माओवादी केन्द्रबाट दाङ क्षेत्र नं.३(२)बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।यस्तै मन्त्रालयको विषयमा भागबण्डा नमिल्दा अन्य मन्त्री र मन्त्रालयको बारेमा अझै टुंगो लाग्न सकेको छैन ।आगामी बुधबारसम्म प्रदेश सरकारलाई पुर्णता दिने बिषयमा पुन छलफल हुने बताइएको छ ।
