नेपालगंज जेठ ६/ प्रदिप गुप्ता
नेपालगन्ज भन्सार कार्यालयमा खटिएका प्रहरी टोलिले अबैध रुपमा भन्सार छली लैजादै गरेको अवस्थामा भारतिय नम्बर प्लेट DL4CAX7534 को गाडी लाई चेकजाँच गर्ने क्रममा आटोपार्ट्स र मोबिल सहित एक जना लाई पक्राउ गरेको छ।
उक्त गाडी लाई नेपालगन्ज भन्सार कार्यालयमा खटिएकी प्रहरी हबलदार कमला कुमारी चौधरीको नेतृत्वमा उक्त गाडी लाई विशेष शुत्रको आधारमा भारतिय नागरिक चरण सिंह लाई पक्राउ गरिएको बताउनु भयो। उनी यश अघि पनि विभिन्न सामान हरु भन्सार छली गरि सामान ओसारपसार गर्ने कार्यमा संलगन रहदै आएको बताइएको छ।
उक्त गाडी र बरामद भएको सामान लाई प्रहरी ले नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान अगाडी बढाएको छ। गाडि र सामाग्री लाई नियन्त्रण गर्ने क्रममा उनले प्रहरी लाई ठुलै अधिकारीको धाक धम्की समेत दिएको भन्ने घटना स्थल मा रहेको प्रत्यक्षदर्शिले बताएका छन।