प्रदीप गुप्ता
१० बुधबार २०८०
नेपालगञ्ज— राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको ज्यान गएको छ ।
बाँकेको कोहलपुर नगरपालिका–२ की २९ वर्षीया शारदा चौधरी र नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरकी २५ वर्षीया सरिता चौधरीको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको हो।
उनीहरू मंगलबार डुडुवा गाउँपालिका–४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका बेला साँझपख नदीमा पौडी खेल्ने क्रममा डुबेको थिए। उनीहरु सहित छ जना साथीहरु मिलेर वनभोज गएका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए ।