१० जेष्ठ २०८०, बुधबार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति बनाउन माग गरेको छ ।
बुधवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भूटानी शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति बनाउन माग गरेका हुन । उनले अहिले भइरहेको छानबिनले जनताले चाहेको जस्तो नतिजा दिन नसक्ने भन्दै छानबिनका लागि संसदले विशेष समिति बनाउनुपर्ने बताए । उनले यस प्रकरणमा नाम आएकाहरु सबैसँग सोधपुछ नभएको भन्दै आपत्ति जनाए । उनले नाम मुछिएकाहरु सबैसँग बयान लिन पनि माग गरे ।
उनले यस प्रकरणमा नाम मुछिएकाहरुलाई छानबिन गर्न सरकारले खुट्टा कमाएको भन्दै खुट्टा नकमाउन आग्रह समेत गरे।