११ जेष्ठ २०८०, बिहीबार
रौतहट — रौतहटमा गोली हानेर हत्या गरिएको अवस्थामा एक वृद्धको शव फेला परेको छ।
जिल्लाको देवाही गोनाही नगरपालिका १ करुनियाका ७० वर्षीय शेख तैयबको गोली हानेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो।
अपरिचित समूहले तैयबको गोली हानी हत्या गरेको पारिवारिक स्रोतले जनाएको छ । बुधबार राति १२ बजेसम्म घरमै रहेका तैयबको बिहीबार बिहान घर भन्दा १ किलोमिटर टाढा गोली हानिएको अवस्थामा शव फेला परेको थियो।घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।