१३ जेष्ठ २०८०, शनिबार
काठमाडौं -कोशी प्रदेशको राजधानी विराटनगरमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गर्दै शनिबार बिहान बजेदेखि अर्को आदेश नभएसम्म विराटनगरका विभिन्न क्षेत्रमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको हो ।
कोशी प्रदेशको नामाकरणपश्चात त्यस क्षेत्रमा विभिन्न समूहबाट विरोध, धर्ना, जुलुस गरिएकाले शान्ति–सुरक्षामा असर परेको भन्दै निषेधाज्ञा जारी गर्नु परेको प्रशासनले जनाएको छ ।
प्रदेश नामकरणको विरोधमा पहिचानवादी समूहबाट हुनसक्ने आन्दोलनलाई मध्यनजर गर्दै विराटनगरका विभिन्न पाँच स्थानलाई निषेधित क्षेत्र तोकिएको हो।
मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारीसाधन आवतजावत बाहेक सभा, जुलुस, भेला, धर्नाजस्ता कार्यक्रम गर्न निषेध गरिएको छ।
