१३ जेठ २०८० शनिबार
मकवानपुर— मकवानपुरको मनहरी गाउँपालिकामा ट्रकको ठक्करबाट बसमा सवार एक यात्रुको ज्यान गएको छ ।
शनिबार दिउँसो हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ग १ क २२९७ नम्बरको मिनि ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा ३ ख ८३९४ नम्बरको बसमा सवार नाम र ठेगाना नखुलेका यात्रुलाई ठक्कर दिँदा उनको दायाँ हात चुँडिएको थियो।
हात चुँडिएर गम्भिर घाइेत उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।
बसको ड्राइभरको सिटभन्दा पछाडि बसेका ती यात्रुले झ्यालबाट हात बाहिर निकालेको अवस्थामा मिनिट्रकले ती व्यक्तिको दाहिने हात चुँडाएको थियो ।
दुर्घटना गराउने ट्रक र ट्रकका चालक नियन्त्रणमा रहेको प्रवक्ता कार्कीले जानकारी दिए।