१४ जेष्ठ २०८०, आईतवार
काठमाडौं — सरकारले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ।
आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई आममाफी र कैद मिनाहा हुने गरी सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।
गत शुक्रबार सजाय माफी गरी कैदमुक्त गर्न माग गर्दै रेशम चौधरीले पठाएको पत्र र सरकारले गरेको सिफारिस राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता गरिदिएका थिए।