१५ जेठ २०८० सोमबार
मुगु — मुगुको छायाँनाथ रारा नगरपालिका–१४ बाममा ट्याक्टर दुर्घटनामा हुँदा दुई जनाको घटनास्थलमा ज्यान गएको छ।
आइतवार राति सदरमुकाम गमगढी बजारबाट खानेपानीको पाइप बोकेर बाम जाने क्रममा बामको फलात नजिकै लु ४ प ७३६८ नम्बरको ट्याक्टर सडक बाट ५० मिटर तल खसी दुर्घटनामा हुँदा दुई जनाको घटनास्थलमा ज्यान गएको हो।
मृत्यु हुनेमा ३० वर्षका चालक काशिलाल बढुवाल र २० वर्षका सहचालक शिव बढुवालको घटना स्थलमै मृत्यु भएको छ।