अरुण कुमार नेपाली
१५ जेठ २०८० सोमबार
दाङ —१६औँ गणतन्त्र दिवशको अवसरमा सोमबार जिल्ला कारागार दाङका १४ जना कैदीबन्दी रिहा भएका छन ।
असल चालचलन भएका र तोकिएको सजायको कम्तीमा ५० प्रतिशत सजाय भुक्तान गरिसकेका विभिन्न प्रकृतिका कैदीबन्दीको बाँकी सजाय मिनाहा गर्ने सरकारी निर्णयसंगै उनिहरु रिहा भएका हुन ।आम माफी पाउनेमा सबै पुरुष कैदीहरु रहेका छन्।
दिवशको अवशरमा कारागारबाट १४ जना कैदीबन्दी रिहा गर्न कारागार प्रशासनले गरेको सिफारिसलाई छानबिन गरेर सरकारले थुनामा कैद भुक्तान गरिरहेका विभिन्न कैन्दीबन्दी रिहा गरेको हो ।
प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यका अनुसार तुलसीपुर कारागारबाट कर्तव्य ज्यान, बहुविवाह, नकवजनी चोरीका गरी ११ जना र घोराहीबाट ३ जना कैदीबन्दीको बाँकी कैद मिनाह भएको छ ।