१५ जेष्ठ २०८०, सोमबार
काठमाडाैँ । कलङ्कीमा ट्रकको ठक्करबाट एक महिलाकाे मृत्यु भएकाे छ । ठक्कर लागेर घाइते भएकी तनहुँकी ६४ वर्षीया सन्तुमाया राउतकाे मृत्यु भएको हाे ।
हाल चन्द्रागिरि नगरपालिका– १४ नैकाप बस्ने राउत गम्भीर घाइते भएकी थिइन् । उनकाे उपचारका क्रममा आज वीर अस्पतालमा मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालस्थित प्रहरी समाचार कक्षले जनाएको छ ।
आइतबार दिउँसो कलङ्की चोकमा सुदूरपश्चिम प्रदेश ०१–००१ ख २९४१ नम्बरको ट्रकले बाग्मती प्रदेशको ०२–००४ प ४७०३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि सवार राउत गम्भीर घाइते भएकी थिइन् । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।