१५ जेठ २०८० सोमबार
काठमाडौं — अर्थ मन्त्री डा. प्रकाशशरण महतले आगामी बजेट बजेट समृद्धि सुशासन र सामाजिक न्याय कायम गर्न लक्षित रहेको बताएका छन्।
सोमबार आ.व. ०८० र०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले युवालाई मुलुकभित्रै आर्थिक गतिविधिमा प्रेरित गर्ने, उद्यमशिलता विकास, गरिवि निवारणमा जोड दिइएको बताए।
स्रोत साधनको प्रभावकारी र परिमाणमुखी उपयोगमा ध्यान दिइएको उनको भनाइ छ। उनले चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलब १६ प्रतिशत रहने अनुमान गरिएको बताए।
उनले विश्व अर्थतन्त्रमा देखिएको शिथिलता र आन्तरिक कारणले आर्थिक गतिवधिमा सुस्तता आएको हुँदा आर्थिक वृद्धिदर न्यून हुने देखिएको बताए।
उनले राजश्व संकलन पनि गत वर्षभन्दा ५ प्रतिशत कम उठ्ने अनुमान गरिएको बताए।