१५ जेठ २०८० सोमबार
दाङ । सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि १ खर्ब ३१ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ बजेट प्रस्तुत गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि १ खर्ब ३१ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको बताएका हुन्। जस अन्तर्गत राप्ती राजमार्गको स्तरोन्तीका लागि ९० करोड बटेज बिनियोजन गरेको छ ।
अर्थमन्त्री महतले राप्ती राजमार्ग अन्तर्गत दाङ,सल्यान र रुकुम सडक खण्डको स्तरोन्ती गर्न उक्त बजेट बिनियोजन गरिएको बताए ।सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित, भरपर्दो र वातावरणमैत्री बनाउन सरकारले सडक सुधारमा ध्यान दिएको बताए।सुरक्षित सडक सञ्जालको विकास गरी दुर्घटना न्युनिकरण गर्न सडक सुरक्षा परीक्षण गर्ने व्यवस्था गरिने बताए।