२० जेठ २०८० शनिबार
नेपालगञ्ज—नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्तालाई अन्तराष्ट्रिय स्तरको मोटिभेसनल ट्रेनिङ दिएको छ ।
कम्पनीले बाँकेको नेपालगञ्जमा रहेको होटेल सिद्धार्थमा शनिबार एक समारोहबीच मोटिभेसनल ट्रेनिङ दिएको हो । आफ्ना अभिकर्ताहरुलाई प्रेरित गर्न उक्त तालिम दिइएको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख दीपनारायण खनालले जानकारी दिए ।खनालले अभिकर्ताहरूको उत्साहजनक साथले कम्पनीले लिएको लक्ष्यलाई दोब्बर बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रमका प्रमुख अतिथि कम्पनीका मार्केटिङ प्रमुख विवेक शर्माले एमडीआरटी जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूमा कम्पनीका तर्फबाट अभिकर्ताहरूले सहभागिता जनाउन पाउँदा अन्तर्राष्ट्रिय जगत्मा अनुभव साटासाट हुनुका साथै क्षमता विकासमा अभिबृद्धि र उत्प्रेरणा प्राप्त हुने बताए।
उनले नेशनल लाइफले अभिकर्ताहरूलाई उत्साह र सम्मानको खाँचो महसूस गरी आयोजना गरिएका यस प्रकारका कार्यक्रमले अभिकर्ताहरूमाझ जोस र जाँगरको ऊर्जा भरी कम्पनीको उचाइ बढाउने विश्वास व्यक्त गरे।
साथै शर्माले नेशनल लाइफलाई अग्रणी र अब्बल बीमा कम्पनीका रूपमा निरन्तर देख्न चाहने अभिकर्ता एकजुट भएर काम गर्नुपर्ने बताए।ट्रेनिङमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी बाँके र बर्दियाका ९ शाखा सहित ५ सय जनाको सहभागिता रहेको थियो ।
सहभागि अभिकर्तालाई भारतका प्रसिद्ध मोटिभेसनल टे«नर शैयाद फैजल अमदले प्रेरणादायि प्रशिक्षण दिएका थिए ।कम्पनीले अर्ली एमडीआरटी बन्न सफल अभिकर्ता गुलरिया शाखाका कुशुम बस्नेत र शंकर लामिछानेलाई सम्मान गरेको छ।

