२३ जेठ २०८० मंलबार
नेपालगञ्ज—बाँकेमा जलेको अवस्थामा एक शिक्षकको शव फेला परेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० राँझामा रहेको आदर्श माध्यमिक विद्यालयमा कार्यरत शिक्षक वर्ष ४२ का रवीन्द्र रेग्मीको शव जलेको अवस्थामा मंगलबार बिहान पूर्व पश्चिम राजमार्गको ढकेरी वन क्षेत्रमा फेला परेको हो ।
जङ्गलमा घाँस दाउरा गर्न गएका महिलाहरुले रेग्मीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सोमबार मिटिङमा जानु छ भन्दै भे ६ प ८२२४ नम्बरको मोटरसाइकल लिएर घरबाट निस्किएका रेग्मी एकाएक सम्पर्क विहिन भएका थिए ।
अबेरसम्म घर नफर्किएपछि रेग्मीलाई परिवारले मोबाइलमा सम्पर्क गरेका थिए ।तर मोबाइलमा सम्पर्क नभएपछि उनको खोजी गरिएको पारिवारीक स्रोतले बताएको छ ।रेग्मीको के कति कारणले ज्यान गएको हो भन्ने बारेमा अनुसन्धानको कार्यलाई अघि बढाईएको बाँके जिल्ला प्रहरी प्रमुख सन्तोष सिहं राठोरले जानकारी दिए ।घटनाको अनुसन्धान गर्न प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गरेको छ ।