२४ जेठ २०८० बुधबार
काभ्रेपलाञ्चोक — बनेपा नगरपालिका–१३ साँगामा गाडीले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु भएको छ।
काठमाडौंबाट बनेपा आउँदै गरेको बा ४ ख ४२९४ नम्बरको गाडीले गएराति सडक छेउमा हिँडिरहेका तेमाल गाउँपालिका–९ का ७० वर्षीय छेवाङ तामाङलाई ठक्कर दिएको हो।
सख्त घाइते उनको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए।