२४ जेष्ठ २०८०, बुधबार
दाङ— लुम्बिनी प्रदेश सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार ल्याउने भएको छ ।
शुक्रबार विहान ११ बजे बस्ने प्रदेश सभाको बैठकमा अगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले जनाएका छन्।
दोस्रो अधिवेशनको पाँचौँ बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउन लागिएको हो। प्रदेश सभा नियमावली २०७९ को नियम ३ को उपनियम (३) बमोजिम बैठक आह्वान गरिएको हो।