२४ जेष्ठ २०८०, बुधबार
कैलाली—सुदूरपश्चिम प्रदेश सरकारले नीति तथा कार्यक्रम बुधबार ल्याउने भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम दिउँसो ४ बजे बस्ने प्रदेश सभाको बैठकमा प्रस्तुत गर्न लागेको हो ।
प्रदेशसभा सचिवालयका अनुसार सार्वजनिक हुने आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गर्ने छन् ।
बुधबार प्रस्तुत हुने नीति तथा कार्यक्रमका आधारमा नै प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्नेछ ।