२०८० जेठ २४ बुधबार
काठमाडाैं-नेपाल मेडिसिटी अस्पताल नख्खु ललितपुरमा बिलिङ सेक्सनमा काम गर्ने केही कर्मचारीहरूले ठगी गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।
ति कर्मचारीहरूले अस्पतालमा प्रयोग हुँदै आएको सुक्रा नामको एचएमआइएस सफ्टवेयर को दुरुपयोग गरी बिरामीहरूबाट वेड चार्ज, डाक्टर चार्ज र नर्सिङ चार्जसमेतको वास्तविक शुल्क लिई निजहरुबाट लिएको शुल्क भन्दा कम शुल्क सफ्टवेयरमा इन्ट्री देखाई रु २,६३,५५,००१ (दुई करोड त्रिसठ्ठी लाख पचपन्न हजार एक रुपैंया) ठगी गरी अस्पताललाई घाटा पुर्याएको भन्ने नेपाल मेडिसिटी अस्पतालको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
अनुसन्धानको क्रममा उक्त घटनामा संलग्न दोलखा भिमेश्वर नगरपालिका वडा नम्बर ४ घर भई भक्तपुर ठिमी बस्ने विगतमा अस्पतालमा एक्जाकेटिभ आइपी बिलिङ को रुपमा कार्यरत वर्ष ३४ का राघव सापकोटा, ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नम्बर११ चापागाउँ बस्ने वर्ष २९ को सनम देशार र काठमाडौं महानगरपालिका वडा नम्बर ४ वालुवाटार बस्ने वर्ष ३४ का आशिष अर्यालसमेत तीन जनालाई पक्राउ गरिएकाे प्रहरीकाे भनाइ छ ।
उनीहरुलाई अपराधिक लाभ तथा अपराधिक विश्वापसघात सम्वन्धी कसुर मुद्दामा ललितपुर जिल्ला अदालतबाट ५ (पाँच) दिन को म्यादथप अनुमति लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।