२४ जेठ २०८० बुधबार
काठमाडौँ — नेकपा एमालेका पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेव गौतमको पार्टी सदस्यता एमालेमै रहेको खुलासा गरेका छन्।
बुधबार अपराह्न संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीले ७० वर्षे उमेर हद हटाए राष्ट्रियसभाका सांसद एवं पूर्व उपप्रधानमन्त्री गौतम नेकपा (एमाले)मा प्रवेश वामदेव गौतमले एमाले आउने कुरा गरेको भन्दै प्रश्न गरेका थिए। ओलीले यो विषयमा थप केही कुरा छ र ? भन्ने प्रतिक्रिया दिएका छन्।
ओलीले गौतमले पार्टी एकता अभियान चलाएको र नयाँ पार्टी नबनाएको स्पष्ट पारे। ओलीले भने, ‘उहाँले सदस्यता त्यहीँ छ भन्नुभयो‚ होइनरु अब कुरा केही कुरा बाँकी छ ? उहाँले बीचमा पार्टी होइन एउटा मञ्च बनाउनु भयो। एकता अभियान चलाउनुभयो। त्यो पार्टी खोलेको होइन। एमालेमा जान्छु भन्नुभएको छ। त्यो ठिक छ। उहाँको पार्टी सदस्यता एमालेमै छ।’ओलीले एमालेमा जान्छु भन्ने गौतमको भनाइ उचित भएको पनि बताए।
ओलीले बोलाए एमालेमै फर्किन्छु बामदेव गौतम
यसैबीच राष्ट्रियसभा सदस्य वामदेव गौतमले उमेरको हदबन्दी निलम्बन आगामी महाधिवेशनसम्म कायम रहेमा आफू एमालेमा फर्किने बताएका छन्।
राष्ट्रियसभा बैठकपछि बुधबार पत्रकारहरूसँग कुरा गर्दै गौतमले अध्यक्ष केपी शर्मा ओलीले बोलाएमा यही अवस्थामा खुशीसाथ एमालेमा फर्किने बताएका हुन्।
‘यदि मलाई खबर गर्नुभयो भने आगामी महाधिवेशनसम्म उमेरको हदबन्दी निलम्बन भइरहन्छ भन्नुभयो भने म र मसँग भएका साथीहरू यही अवस्थामा एमालेमा जान्छौ।’ गौतमले भने, ‘उहाँहरूले मलाई नै रोक्न ७० वर्षे उमेर हद ल्याउनु भएको हो। मैले त्यसबेला मेरो निम्ति मात्रै राख्नु भएको होइन होला, राख्नु भयो भने राख्नु भनेको थिएँ। अझै पनि ४/५ वर्षमा ७० वर्ष पुग्ने १०/१२ जना नेता छन्।’
‘उनले उमेरको प्रावधान संविधान विरोधी भएको पनि बताए। ‘उमेरको प्रावधान मानवता विरोधी छ। उमेर हद शारिरीक अवस्था हो ।’ गौतमले भने, ‘उमेरका आधारमा पार्टीमा बस्न पाउने नपाउने भन्ने विषयमा विभेद गर्नु अपराध हो।’
केपी ओलीसँग पटक पटक भेटेर आफूलाई लैजान आग्रह गरेको पनि गौतमले बताए।
‘उहाँलाई तीन पटक भेटेर र तीनपटक फोनमा कुरा गरेको छु । मलाई लैजानुस्। मैले पनि बनाएको पार्टी हो भनेको छु’, गौतमले भने, ‘तपाईं नै हो हाम्रो पार्टीको निर्माणकर्ता हो, हामी जेल पर्दा तपाईंले नै हो पार्टी बनाएको भन्नुभएको छ। फेरि गएर योगदान गर्न तयार छु।’
उनले आफ्नो पार्टी सदस्यता एमालेमै रहेको भन्दै अब नवीकरण गर्ने पनि बताए।
‘म आफू त जाने कुरा भएन। मेरो पनि सदस्यता नवीकरण गर्न म श्रीमती तुलसा थापा पठाउँछु। सदस्यता नवीकरण गर्छु’, उनले भने,‘वामदेवलाई पनि अटाउन ७० वर्षे हटाइएको भनेको हो भने म त्यहँ योगदान दिन तयार छु।’
उनले आफू एमालेमा अध्यक्ष र महासचिव बन्न जान नलागेको भन्दै पार्टीमा योगदान गर्नका लागि जान लागेको बताए। एमालेको शुक्रबार बसेको सचिवालय बैठकले विधानमा उल्लेख गरिएको ७० वर्षीय उमेरहदको प्रावधान निलम्बन गरेको थियो।