काठमाडौं-मिस नेपाल अर्थ २०२२ डा.सरिशा श्रेष्ठले जितेको अवार्ड इको प्रोजेक्ट भिडियो जुन नेपालमा प्रतिनिधित्व गरेर मिस अर्थ २०२२ मा त्यसलाई जारी गरि विश्व वातावरण दिवस मनाएको छ
कार्यक्रम तीन वटा स्थानमा सम्पन्न भएको छ, मैतीदेवी को अल्बर्ट इंग्लिश बोर्डिङ स्कूल लुभु को श्री लुभु माध्यमिक विद्यालय,लम्डोल आइयोटा स्कूलमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा वातावरणमा आएका समस्या बढिरहेको जनसंख्या ग्लोबल वार्मिंगका बारेमा जानकरी संगै कार्यशाला गराएको थियो । तीन सय जना विद्यार्थीहरुको उपस्थितिमा कार्यक्रमको विस्तृत जानकारी गराई वातावरण विज्ञ हरुको नेतृत्वदायी उपस्थिति रहेको थियो ।

कोलम्बस, इको साथी नेपाल, चिया नोटबुक सहकार्य गरेका थिए । जसमा किस्ट मेडिकल कलेजको रोटर्याक्ट क्लब ,रोटर्याक्ट काठमाडौं मेडिकल कलेज, राष्ट्रिय युवा आन्दोलन नेपाल विश्वव्यापी स्वास्थ्यको लागि युवा नेता सहयोग , सहयात्रीको समन्वय रहेको आयोजक टिमको सहकार्यमा कार्यक्रम सम्पन्न भएको थियो