२५जेठ २०८० बिहीवार
दाङ- बढ्दो गर्मीलाई मध्यनजर गर्दै तुलसीपुरका विद्यालय ५ दिनसम्म बन्द हुने भएका छन् ।
तुलसीपुर उपमहानगरपालिकाले बिहीबार सूचना जारी जेठ २६ गतेदेखि जेठ ३० गतेसम्म वर्षे विदाबाट कट्टी हुने गरी गर्मी विदा दिएको हो ।
बढ्दो गर्मीका कारण पठनपाठन प्रभावित भएको र बालबालिकाको स्वास्थ्य यसमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राखी विद्यालय बन्द गरिएको तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाले जनाएको छ ।
तराईमा केहि दिनयता गर्मी बढेसँगै अधिकांश विद्यालयमा गर्मी विदा दिइएको छ ।