नेपालगन्ज, २६ जेठ–नेपालगन्जमा जेठ २७ गते शनिवार आयोजना हुने मिस्टर एण्ड मिस एस.ई.ई. नेपालगन्जको दोस्रो अडिसनको सम्पुर्ण तयारी पुरा भएको छ ।
आयोजक संस्था पि.के. ईभेन्ट प्रालिका अध्यक्ष प्रकाश कुंवरले आज पत्रकार सम्मेलन गर्दै अडिसनको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिनुभएको
छ ।
अडिसनमा अहिलेसम्म ५२ जनाले फारम भरिसकेको जानकारी दिदैं अध्यक्ष कुंवरले शनिवार बिहान ११ बजेदेखि सहभागीहरु बीच छनोट प्रतिस्पर्धा शुरु हुने बताउनुभयो । नेपालगन्जको म्याजेष्टिक पार्टी प्यालेसमा हुने मिस्टर एण्ड मिस एस.ई.ई. नेपालगन्जको दोस्रो संस्करणको कोरियोग्राफी मिस टिन लुम्बिनी र मिस हिमालयन बुटवलको बिजेता सेन्जल पौडेलले गर्ने अध्यक्ष कुंवरले बताउनुभयो । प्रतिस्पर्धामा एस.ई.ई. परिक्षा दिएर बसेका बिद्यालयहरुले मात्र भाग लिन पाउने आयोजकले जनाएको छ ।
अडिसनबाट छनोट हुने १५ जनालाई फाईनल प्रतिस्पर्धाका लागि वाकिङ, फोटोसुट, सामाजिक कार्य, खेलकुद, मेकअप लगायतका बारेमा प्रशिक्षण दिईने बताईएको छ । मिस्टर एण्ड मिस एस.ई.ई. को बिजेताले प्लस टु मा छात्रबृत्ति र आयोजक पिके ईभेन्ट्सको ब्राण्ड एम्बेसडरको रुपमा काम गर्ने अवसर प्राप्त गर्ने समेत आयोजकले जनाएको छ । यसैगरि अन्य बिधामा बिजेतालाई आकर्षक पुरस्कारको समेत ब्यवस्था गरिएको छ ।
मिस्टर एण्ड मिस एस.ई.ई. नेपालगन्जको पहिलो आयोजना सन २०१९ मा भएको थियो । कोभिड–१९ कोरोनाको कारणले रोकिएको कार्यक्रम पुनः यस बर्षबाट शुरु गर्न लागिएको हो । पहिलो संस्करणमा सिमोन गिरी मिस नेपालगन्ज र सन्देश वाग्ले मिस्टर नेपालगन्जको उपाधी जितेका थिए ।