२९ जेठ २०८० सोमबार
दाङ – लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले सेवाग्राहीले गुनासो नगर्ने गरि छिटो र छरितो सेवा प्रवाह गर्न आग्रह गरेका छन् । सोमबार वडा नम्बर ९ को नवनिर्मित भवनको उद्घाटन गर्दै नगर चौधरीले वडाबासीले विकास र सेवाको प्रत्याभूत गर्न पाए नपाएको बारे बुझेर कार्ययोजना तयार पार्न नगर प्रमुख चौधरीले सम्बद्ध जनप्रतिनिधिलाई निर्देशन समेत दिए ।
नगर उपप्रमुख लक्ष्मी योगीले स्थानीय उत्पादनलाई सजिलै बजार सम्म ढुवानी गर्न सहज होस भनेर सडक निर्माणलाई पहिलो प्राथमिकता दिएको बताइन । किसानले उत्पादन गरेका वस्तुले बजार नपाएर किसान मर्कामा छन, उनिहरुको खेतबारीसम्म मोटर बाटो पुगाउन सकियो भने किसानका उत्पादन सिधै बजारसम्म ढुवानी गरेर मनग्य लाभ लिन सकिन्छ त्यस कारण हामीले सडक निर्माणलाई विषेश चासो दिएका छौँ,उनले भनिन्।
२०७४ देखि वडा नम्बर ९ को कार्यालयले रिहार बजारमा रहेको तत्कालीन बगार बाबा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको भवनबाट सेवा दिदै आएको थियो । २०७९ फाल्गुन २७ मै वडा कार्यालयले सेवा प्रवाह गरेता पनि आज सोमबार देखि विधिवत रुपमा भवन उद्घाटन गरिएको छ ।
गायत्री टोल विकास संस्थाका अध्यक्ष श्रीराम दहित, बगार बाबा माध्यामिक विद्यालयका प्रधानाध्यापक अमृत बहादुर पछाई, इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक सुरेन्द्र विक्रम बर्तौला, वडा नम्बर २ का वडा अध्यक्ष नेपालु चौधरी, नेपाली काङ्ग्रेसका जिल्ला सदस्य पूर्ण बहादुर बस्नेत लगायतले स्थानिय सरकारको पत्याभूति दिलाउने गरी जनप्रतिनिधिहरुले सेवा प्रवाह गर्नु पर्नेमा जोड दिएका थिए ।
वडा नम्बर ९ का वडा अध्यक्ष भेष बहादुर केसीको अध्यक्षता, नगर प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यता एवम् लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको बिशिस्ट आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा वडा सचिव विन्तिराम चौधरीले गर्नु भएको थियो भने सहजीकरण पत्रकार प्रिया स्मृती गजमेरले गरेका थिए ।