२९ जेठ २०८० सोमबार
दाङ – स्वर्गद्वारी दर्शन गरी फर्किदै गरेको जीप दुर्घटना हुँदा जीपमा सवार ८ जनाकै मृत्यु भएको छ । जिल्ला अस्पताल प्यूठानले दुर्घटनामा परेका सबैको मृत्यु भएको पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख डिएसपी शुबास खड्काले जानकारी दिए ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका— १५ कोठरीका वर्ष ३५ की सरिता शर्मा पोख्रेल, निजको छोरा वर्ष १४ को विशाल पोख्रेल र वर्ष ९ को विकाश पोख्रेल, गाडी चालक लमही नगरपालिका – ५ का तारा बहादुर कुमाल, गढवा गाउँपालिका ५ बाँकीका ४० वर्षीय गोविन्द शाह, उहाँकी श्रीमती वर्ष ३० की राधा शाह, र उहाँको छोरा वर्ष ९ को आदित्य शाहको दुर्घटनामा परि मृत्यु भएको छ त्यस्तै अर्का एक जना बालकको सनाखत हुन सकेको छैन।
स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किँदै गरेको लु १ च ६३४५ नम्बरको जीप प्युठान भिंग्री नजिकै टाकुरा भन्ने ठाउँमा दुर्घटना भएको हो ।