३० जेठ २०८० मंगलबार
नेपालगञ्ज—लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उमेशराज जोसीले समग्र बाँके जिल्लाको शान्ति सुरक्षाको बारेमा जानकारी लिएका छन् ।
मंगलबार जिल्ला प्रहरी कार्यालय बाँकेको निरीक्षण तथा अनुगमन गर्दै प्रहरी नायव महानिरीक्षक जोसीले जिल्लाको पछिल्लो शान्ति सुरक्षाको अवस्थाको बारेमा जानकारी लिएका हुन् ।
निरीक्षण तथा अनुगमका क्रममा प्रहरी प्रमुख जोशीले शान्ति सुरक्षाको सवालमा कुनै कसर बाँकी नराख्न सबै मातहतका प्रहरी कर्मचारीलाई निर्देशन समेत दिए । कार्यक्रममा प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले बाँके जिल्लाको समग्र शन्ति सुरक्षा समेटिएको प्रस्तुतिकरण प्रस्तुत गरेका थिए ।
नायव महानिरीक्षक उमेशराज जोसीले कार्यालयका सम्पुर्ण शाखा, हिरासत कक्ष, नागरीक सहायता कक्षको समेत अनुगमन गर्नुका साथै यस कार्यालयमा सेवा लिन आएका सेवाग्राहीसंग प्रहरीले प्रदान गर्ने सेवाको बारेमा सोधपुछ समेत गरेका थिए ।