३१ जेठ २०८० बिहीबार
दाङ—संयुक्त विद्यालय कर्मचारी आन्दोलन परिचालन समितिले विद्यालय कर्मचारीको आन्दोलन माथि भएको प्रहरी दमनको घोर विरोध गरेको छ ।
समितिले संयूक्त विज्ञप्ती जारी गर्दै विद्यालय कर्मचारीको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमनको विरोध गरेको हो ।बिहीबार काठमाण्डौको भद्रकालीबाट शान्तिपूर्ण प्रदर्शन गर्दै माइतीघर मण्डलामा जाने क्रममा प्रहरीले विद्यालय कर्मचारी माथि हस्तक्षेप गरेको थियो । ‘आन्दोलन परिचालन समितिको विज्ञप्तिमा भनिएको छ,’विद्यालयक कर्मचारीको आन्दोलनमा प्रहरी दमनको घोर विरोध गर्दछौ।’
विद्यालय कर्मचारीको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले एकाएक दमन गरेको आन्दोलन परिचालन समितिले जनाएको छ ।
समितिले आन्दोलनमा हस्तक्षेप गरी नेपाल विद्यालय कर्मचारी परिषदका केन्द्रिय अध्यक्ष गंगाराम तिवारी र वरिष्ठ उपाध्यक्ष प्रदीप श्रेष्ठ सहितका कर्मचारीहरुलाई गिरफतार गरेको प्रति खेद प्रकट गर्दै तत्काल रिहाइ गर्न माग गरेको छ । विद्यालय कर्मचारीले उठाएका माग छिटो भन्दा छिटो सम्बोधन गर्न आग्रह गर्दै समितिले अन्यथा आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको जिम्मा सरकारले लिनु पर्ने चेतावनी दिएको छ ।
