३ असार२०८० आइतबार
दाङमा बोक्सीको आरोप लगाउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झाक्री घोराही उपमहानगरपालिका २ निमुरिया निवासी ४५ वर्षीय यम बहादुर सार्की र घोराही ३ निवासी ३३ वर्षीय सरस्वती गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले जानकारी दिए।
उनका अनुसार गत जेठ ३१ गते सरस्वतीले आफ्नो छोरा विरामी भएको भन्दै यम बहादुरलाई बोलाएर झाक्री बसाएको र सोही क्रममा देउरानी जेठानी नाता पर्ने गाउँका दुई महिलालाई तिमीहरु बोक्सी लागेर मेरो छोरा खान लागेउ भनेको भन्दै उजुरी परेपछि उनीहरुलाई प्रहरीले तत्काल पक्राउ गरीएको हो ।
पक्राउ परेका दुबैजनालाई बोक्सीको आरोप कसुर र सजाय ऐन २०७२ को दफा ३ को (च) अन्तर्गत धामी झाक्रीको माध्यमद्धारा बोक्सीको आरोप लगाउन नहुने कसुरमा जिल्ला अदालतबाट अनुमती लिएर अनुसन्धान भइरहेको डीएसपी गौतमले बताए ।