५ असार २०८०, मंगलवार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको चाल बेलाबखत कम देखिएकाले पेसमेकर राखिएको छ ।
मंगलबार महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलको शल्यक्रिया गरेर मुटुमा पेसमेकर राखिएको हो ।
सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलले हाल राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको विज्ञप्तिमा उल्लेख गरेका छन् । उनका अनुसार राष्ट्रपति पौडेललाई ७२ घन्टा नियमित निगरानीमा राख्दा पनि मुटुको चाल बेला बखतमा कम हुने देखिएपछि प्रेसमेकर राखिएको हो ।
