अरुणकुमार नेपाली
१० असार २०८० आइतबार
दाङ—आफ्ना सेवा सुविधाहरुको ग्यारेन्टी गर्न माग गर्दै आन्दोलनमा रहेका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुले विभिन्न दलका उच्च तहका नेता र नेतृत्वसंगको भेटघाटलाई तीब्र बनाएका छन् ।
सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको छाता संगठन नेपाल विद्यालय कर्मचारी परिषदले माग सम्बोधन गर्न दबाब दिने उद्धेश्यले शीर्ष नेतृत्वसंगको भेटघाट र छलफललाई निरन्तरता दिएको हो ।
विगतमा परिषदसंग भएको सम्झौता बमोजिम सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेटमा माग सम्बोधन नगरेपछि विद्यालय कर्मचारीहरु अहिले आन्दोलनमा छन् । फलस्वरुः उनीहरु जेठ २१ गतेदेखि निरन्तर आन्दोलन गरिरहेका छन् ।
शनिबार उपप्रधान एंव गृहमन्त्री नारायणकाजी श्रेठसंग भेट गरेको विद्यालय कर्मचारी परिषदले आइतबार पूर्व प्रधामन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) लाई भेटेर विद्यालय कर्मचारीका माग सम्बोधन गर्न ध्यानाकर्षण गराएको छ।
भेटका अवसरमा परिषदले आर्थिक वर्ष २०८०/०८१ को बजेट संसोधन गरी सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको माग पुरा गर्न ध्यानाकर्षण गराएको नेपाल विद्यालय कर्मचारी परिषद लुम्बिनीका अध्यक्ष गोबिन्द जिसीले जानकारी दिए ।अध्यक्ष जिसीले प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंगको भेट निकै अर्थपूर्ण भएको पनि बताए ।
‘उनले भने’—सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति ज्यू,संग भेटेर हामीले पुनःहाम्रा माग विषयमा ध्यानाकर्षण गरायौ,’दुवै जनाले प्रतिबद्धता जनाउनु भएको छ,हामी आशावादी छौ,हाम्रा माग सम्बोधन हुनेछन।’
प्रधामन्त्री प्रचण्ड विद्यालय कर्मचारीका मागका सम्बन्धमा गम्भीर रहेको र बजेट संसोधन गरी समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनु भएको अध्यक्ष जिसीले बताए ।छलफलका क्रममा परिषदले संघीय शिक्षा ऐन तत्काल जारी गर्न प्रधानमन्त्रीलाई आग्रह समेत गरेको थियो ।
सरकारको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीका समस्या समाधान गर्ने कुरा उल्लेख भए पनि बजेटमा नसमेटिएपछि कर्मचारीहरु आन्दोलित भएका हुन् ।