१२ असार २०८० मंगलबार
नेपालगञ्ज— भारतबाट भन्सार छलेर नेपाल ल्याउँदै गरेको चिनी, स्वायबिन तेल र सुर्ती बरामद गरिएको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले ठुलो परिणाममा चिनी, स्वायबिन तेल र सुर्ती बरामद गरेको हो
जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका –१२ कोरियनपुरमा सुरक्षा जाँचका क्रममा प्रहरीले सोमबार ती अवैध सामान बरामद गरेको हो ।
भे १ख ३३४८ नंम्बरको ट्रकमा ल्याउँदै गरेको अवस्थामा ६० बोरा चिनी,३ सय पेटी स्वायबिन तेल र ५० पोका सुपर पावर सुर्ती बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
बरामद गरेको उक्त सामाग्रीको हालको बजार मूल्य करिब रु १७ लाख ५२ हजार बराबारको रहेको जनाइएको छ । नियन्त्रणमा लिइएको चिनी,तेल र सूर्ती सोमबार नै आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय पठाईएको छ ।

