१५ असार २०८०, शुक्रबार
काठमाण्डौ – पप्पु कन्स्ट्रक्शनका सञ्चालक हरिनारायण रौनियार ठगीसम्बन्धी कसुरमा किटानी जाहेरीका आधारमा पक्राउ परेका छन् । प्रहरी वृत्त बानेश्वरको टोलीले रौनियारलाई शुक्रवार पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताए।
रौनियारविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा ठगीसम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता भए पनि काठमाण्डौमा बस्ने भएकाले रौनियार पक्राउ गरिदिन जिल्ला प्रहरी परिसर काठमाण्डौलाई अनुरोध गरिएको थियो ।
रौनियार पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित पूर्वसांसद्समेत हुन् । सांसद् रहेकै बेला उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।