प्रिया स्मृती गजमेर
१७ असार २०८०, आईतवार
दाङ—नेपाल औषधि व्यवसायी संघका केन्द्रीय सदस्य प्रकाश श्रेष्ठले संसार विशेष सरसफाईमा ध्यान दिन सके आँखाकालाई सुरक्षित गर्न सकिने बताएका छन् ।
नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा दाङले शनिबार व्यवसायीहरुका लागि आयोजना गरेको एक दिने आँखा सम्बन्धि तालिमको उद्घाटन गर्दै केन्द्रीय सदस्य श्रेष्ठले मानव शरीरको अति संवेदनशिल अंग आँखालाई जोगाएर राख्न सरसफाईमा ध्यान दिनु पर्ने बताएका हुन्।उनले बेला बेलामा सम्बन्धित चिकित्सकलाई आँखाको चेकजाँच गर्न समेत सुझाव दिएका छन् ।
“आँखा हाम्रो अमुल्य ज्योति हो, श्रेष्ठले भने,यदि आँखा नै नभएन हामीले केहि गर्न सक्दैनौ, आँखा जस्तो संवेदनशील अंगसंग खेलवाड नगरौं, धुलो धुवा, पुतली जस्ता आँखालाई हानि नोक्सानी पुर्याउने तत्वसंग बच्न र हामीले विशेष सावधानी अपनाउनु पर्छ ।”
जिल्ला अध्यक्ष बिष्णु प्रसाद पौडेलले वर्षायाम शुरु भएसंगै आँखामा लाग्ने विभिन्न खालका रोगहरुबाट बच्न सतर्कता अपनाउनु पर्ने बताए । त्यस्तै सेता खालका पुतली जो घरमा बालिने बत्तिको उज्यालोमा आउने गर्दछन, त्यस्ता खाले पुतली आँखाको लागि निकै खतरनाक मानिन्छन । “यो पुतलीलाई हातले छोएर आँखा मिच्नु हुँदैन, यदि छोई हालेमा साबुन पानीले तुरुन्तै हात सफा गर्नु पर्छ भन्ने खालका सन्देशपनि पनि हामीले समाजमा दिन जरुरी छ अध्यक्ष पौडेलले भने।”
नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा दाङको आयोजना तथा नेपाल नेत्रज्योति संघ रक्षाचौर तुलसीपुरको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा जिल्लाभरका ६० जना औषधि व्यवसायीहरुको सहभागिता थियो ।
नेपाल औषधि व्यवसायी संघ दाङका अध्यक्ष बिष्णु प्रसाद पौडेलको अध्यक्षता तथा केन्द्रीय सदस्य प्रकाश श्रेठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको एक दिने तालिमको सहजीकरण सचिव सुनिल कुमार रेग्मीले गरेका थिए।
मानव जीवनमा सबैभन्दा संवेदनशील अंग भनेको आँखा हो, त्यसकारण यसको सुरक्षामा पनि ध्यान दिन जरुरी छ । बाटो हिँड्दा धुलो, धुवाँ होस् या कलकारखानामा काम गर्दा वा मेसिनेरी उपकरण चलाउने काम गर्दा, स(साना कणहरू आएर आँखामा पर्ने सम्भावना हुन्छ । त्यसकारण आँखाको सुरक्षाका लागि चस्मा लगाउने तथा सुरक्षित उपाय अपाउनुपर्दछ ।
आँखालाई कसरी जोगाउने सकिन्छ
सफा पानीले बिहान आँखा पखाल्ने, बाहिरबाट घर आएपछि हातमुख मात्र नभएर आँखालाई पनि अनिवार्य रुपमा सफा पानीले पखाल्नुपर्छ । आँखा चिलाएको छ भने सफा पानीले पखालेर आइसलाई रुमालमा बेरेर आँखालाई चिसोले सक्दा आराम मिल्छ । बाहिर निस्किंदा आँखालाई धुवाँधुलोबाट बचाउन चश्माको प्रयोग गर्नुपर्छ ।