१७ असार २०८०, आईतवार
भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपा एमाले र माओवादी मिलेर बनेको नेकपा (नेपाल कम्युनिष्ट पार्टी) लाई पुनः एकताबद्ध गर्नुपर्ने बताएका छन् । उनले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई साथमा लिएर नेकपातिर फर्किने बताएका हुन् ।
आईतवार भक्तपुरमा आयोजित नारायणविलास जोशीको ३४ औं स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादी मोर्चा घोषणाको बेलामा पनि नेता नेपाल र आफूले फेरि नेकपातिरै फर्किनुपर्ने कुरा उठाएको स्मरण गराए ।
समाजवादी मोर्चा बनाएर बामपन्थीहरुलाई एकताबद्ध गर्ने पहल शुरु गरिसकेको दाबी गर्दै उनले कम्युनिष्ट शक्तिलाई एकताबद्ध गर्दा देशमा समाजवादको एउटा नयाँ यात्रा अघि बढ्नसक्ने बताए । त्यही ठानेर आफूले तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर कम्युनिष्टहरुलाई एकताबद्ध गरेको बताए ।
‘कम्युनिष्ट शक्तिलाई एकतावद्ध गर्दा देशमा समाजवादको एउटा नयाँ यात्रा अघि बढ्नसक्छ भन्ने ठानेर मैले तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कम्युनिष्टहरुलाई एकतावद्ध गर्यो भने छिटो भन्दा छिटो हामीले आर्थिक समृद्धितिर पनि जान सकिन्छ, समाजवादतिर पनि देशलाइ डो¥याउन सकिन्छ, भनेको थिएँ । र कम्युनिष्ट एकता भयो पनि,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘देशको सबैभन्दा ठूलो शक्ति झन्डै दुई तिहाई प्राप्त पनि भयो ।
जनतामा ठूलो उत्साह देखाप¥यो । अब कम्युनिष्टहरुले ४०,५० कति वर्ष लानेहुन्, शासन भनेर भय थियो । तर दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौँ । त्यो एकतालाई बचाएर राष्ट्र, जनता, समाजवादको हीतमा जो प्रचुर सम्भावना थियो, त्यो बचाउन सकिएन । म अहिले कसैलाई दोषारोपण गर्न उभिएको छैन, कम्रेड नारायणविलास जोशीप्रति श्रद्धा र सम्मान प्रकट गर्दैगर्दा हामीले एक पटक असफल भएपनि हामीले फेरि त्यसबाट शिक्षा लिएर अघि बढ्ने उद्देश्य राख्नुपर्दछ ।’
विश्वभरकै कम्युनिष्ट आन्दोलनको इतिहास, विश्वभरकै समाजवादी आन्दोलनको इतिहास, एकता, संघर्ष, विभाजन, फेरि रुपान्तरण, फेरि एकता फेरि संघर्ष यस्तैमा गुज्रिँदै अघि बढेको समेत उनले बताए । भने, ‘नेपालको कम्युनिष्ट आन्दोलन पनि त्यही नियमअनुसार नै अघि बढेको छ ।
आज हामीले फेरि एक पटक विचार गर्नुपरेको छ । सबैले चिन्तन गर्नुपर्छ । की हिजो के कारणले एकीकृत भएको कम्युनिष्ट आन्दोलन बच्न सकेन । त्यहाँ विचारमा कहाँ त्रुटी थियो, राजनीतिमा कहाँ त्रुटी थियो, आचरण र संस्कृतिमा भावनामा कहाँ त्रुटी भयो ? के प्रकृतिका कारणले हाम्रो विभाजन भयो भन्नेकुराको गम्भीर समीक्षा गरेर त्यसबाट शिक्षा लिएर अघि जाने हामीले जमर्को गर्नुपर्छ । अहिले कम्रेड माधवकुमार नेपाल, म लगायत कम्रेड विप्लव र कम्रेड उपेन्द्र यादव समेतले फेरि समाजवादी मोर्चा बनाएर बामपन्थीहरुलाई एकतावद्ध गर्ने पहल शुरु गरेका छौँ । त्यतिबेला हामीले माधवजीले पनि मैले पनि के भनेका छौँ भने फेरि नेकपातिरै फर्किनुपर्छ । फेरि पार्टीलाई एकतावद्ध गर्नुपर्छ भन्नेकुरा भनेका छौँ ।’
उनले तत्कालीन नेकपामा रहेका बेला भएका त्रुटीलाई सच्याएर अघि बढ्न आवश्यक रहेको बताए